९६ जना सशस्त्र प्रहरी निरीक्षकहरूको बढुवा सिफारिस, सूचीमा क–कसको नाम ?

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ८९ जना नायब निरीक्षकहरूको सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवाका सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उप–समूहतर्फ रिक्त रहेका निरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा समितिले असार २४ गते सूचना निकारले सशस्त्र प्रहरीको नियमावली ३८ को उपनियम ३ बमोजिम सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको सिफारिसमा पहिलो नम्बरमा रोशन सिर्नेट परेका छन् । दोस्रो नम्बरमा हिमालयदेव सुवेदी र तेस्रो नम्बरमा बाबुराम थापा परेका छन् । सबैभन्दा पुछार ८९औं नम्बरमा वीरेन्द्रकुमार कार्की परेका छन् ।

यसैबीच, सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उप–समूहतर्फको रिक्त रहेको ७ निरीक्षक पदका लागि पनि बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालयले साधारण उप–समूहतर्फ ८९ र लेखा उप–समूहतर्फ ७ गरी ९६ जना सशस्त्र प्रहरी निरीक्षकमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ ।

Published : Wednesday, 2022 July 13, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया