यी तीन जिल्लाका सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले भोजपुर, खोटाङ र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरेको छ ।

मन्त्रालयले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइँ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ ।

भोजपुरका सीडीओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तानिएको छ ।

खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

कञ्चनपुरका रामप्रसाद पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएको छ ।

गृह मन्त्रालयले गत शुक्रवार सीडीओ सरुवा गर्ने निर्णय गरेको थियो ।

Published : Tuesday, 2022 July 12, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया