उचित टिकट र उम्मेदवार छनौटले मात्रै कम्युनिष्टलाई हराउन सकिन्छ : जितजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले अबको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कांग्रेसलाई धेरै नै चुनौती रहेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेस रोशी–काठमाडौं सम्पर्क समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले टिकट वितरण र उम्मेदवार छनोटमा निकै ध्यान पु¥याउनुपर्ने बताएका हुन् । उनले पहिला कम्युनिष्ट र अहिले भने स्वतन्त्रको नाममा कांग्रेसलाई देशभरि चुनौती रहेको बताए ।

स्वतन्त्रसहितका केही शक्तिहरू अगाडि बढेको उनले बताएका छन् ।

समय परिवर्तन भइसकेको र पुरानो कुरालाई हेरेर नभइहालको परिस्थितिलाई जनतामाझमा को मान्छे लोकप्रिय रहेको छ ? कसले बढी काम गरेको छ ? सो मान्छेलाई नै टिकट दिनुपर्ने नेता बस्नेतले बताएका छन् ।

आजसम्म तेरो/मेरो भन्ने भावनाले कांग्रेसलाई निकै घाटा पु¥याइसकेको हुनाले अबको दिन त्यस्ता कुरा दोहोरिनु घातक हुने बस्नेतले बताएका छन् ।

‘नेपाली कांग्रेसलाई अरु कसैले होइन नेपाली कांग्रेसभित्रकै कार्यकर्ताले हराउने गर्दछ’, उनले भने, ‘त्यसकारण देश बनाउने समय आएकोले कार्यकर्ता ईमान्दार भई पार्टीप्रतिको धर्म निभाउनु पर्दछ ।’

‘पार्टीसंग सधैं माग्ने जति पाए पनि मैले पाइन भन्ने तर, पार्टी र देशलाई केही दिनुनपर्ने यस्तो मानसिकता अब सबैले छोड्नु पर्दछ’, कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले बताएका छन् ।

स्थानीय चुनावले नै कांग्रेसप्रति अहिले देशभरिका जनताको सोँचाइ कस्तो छ ? भन्ने कुरा बताइसकेको उनले उल्लेख गरेका छन् ।

अबको चुनावमा अझै बलियो रणनीतिको साथ अगाडि बढ्नु पर्ने बताएका उनले यसमा पार्टी सभापतिसंगै पार्टी पदाधिकारी एवं सबै नेता कार्यकर्ताको ध्यान जानु अत्ति आवश्यक रहेको बताएका छन् ।

Published : Tuesday, 2022 July 12, 12:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया