आरजु राणा नयाँदिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा नयाँदिल्ली प्रस्थान गरेकी छिन् ।

आइतबार कांग्रेस नेतृ राणा नेपाल एयरलाइन्सको विमानबाट भारत गएकी हुन् । उनी स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएको स्रोतले जनाएको छ ।

नेत राणा नियमित फ्लोअपका लागि दिल्ली गएकी हुन् । राणा पछिल्लो पटक गत जेठ २८ गते नयाँ दिल्ली पुगेकी थिइन् ।

नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उनले स्वास्थ्य उपचार गराएकी थिइन् । नेतृ राणालाई ढाडको समस्या छ ।

Published : Sunday, 2022 July 10, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया