दौडिँदा लडेका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु
धनगढी । प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ ।
उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । उनी एघार महिनाअघि प्रहरी जवानमा छनौट भएका थिए ।
बोहरा दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । असार २२ गतेका दिन नियमित तालिमका क्रममा १० किलोमिटरको लामो दौड चलिरहेका बेला ढलेका थिए । उनी केही किलोमिटर पार नगर्दै लडेर बेहोस भएका थिए ।
एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडेका थिए ।
बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगिएको थियो ।
शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला–बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया