दौडिँदा लडेका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु

धनगढी । प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराले तालिमको क्रममा ज्यान गएको छ ।

उनको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । उनी एघार महिनाअघि प्रहरी जवानमा छनौट भएका थिए ।

बोहरा दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । असार २२ गतेका दिन नियमित तालिमका क्रममा १० किलोमिटरको लामो दौड चलिरहेका बेला ढलेका थिए । उनी केही किलोमिटर पार नगर्दै लडेर बेहोस भएका थिए ।

एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडेका थिए ।

बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला–बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो ।

Published : Sunday, 2022 July 10, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया