गृहमन्त्री खाणद्वारा इस्लाम धर्मालम्बीहरूलाई दिए बक्र ईदको शुभकामना

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ईद–उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् ।

आइतबार खाणले शुभकामना सन्देश दिँदै इस्लाम धर्मालम्बीहरूलाई शुभकामना दिएका हुन् । उनले स्वदेश र विदेशमा रहेका नेपाली इस्लाम धर्मालम्बीहरू बक्र ईदको अवसरमा शुभकामना दिएका छन् ।

असार २६ गते आइतबारका दिन सम्पूर्ण इस्लाम धर्मावलम्बीले ईद–उल अजहा (बक्र ईद) मनाउँदैछन् ।

१४४३ जिल–हिज्जा महिनामा मुस्लिम समुदायले मनाउने ईद–उल अजहा हर्षोल्लास, खुसी साथ ३ दिन मनाउने चाढपर्व हो ।

यस चाडको पावन अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ ।

यस दिन बिहान सबेरै उठेर नुहाइधुाई गरी शुद्ध हुने र खुलास्थान, इदगाहा वा मुस्जिदहरूमा गई ईद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अंगालोमा बाँधिएर शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री खाणले ईद–उल अजहाको अवसरमा देश तथा विदेशमा रहनेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना दिएका छन् ।

बक्र ईदको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा समेत दिएको छ ।

Published : Sunday, 2022 July 10, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया