मुस्लिम आयोगका अध्यक्ष अन्सारीले दिए बक्र ईदको शुभकामना

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद–उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् ।

आइतबार बिहान अध्यक्ष अन्सारीले शुभकामना सन्देश जारी गरेर इस्लाम धर्मालम्बीहरूलाई शुभकामना दिएका हुन् ।

आज असार २६ गतेका दिन सम्पूर्ण इस्लाम धर्मावलम्बीले ईद–उल अजहा (बक्र ईद) मनाइँदैछ ।

१४४३ जिल–हिज्जा महिनामा मुस्लिम समुदायले मनाउने ईद–उल अजहा हर्षोल्लास, खुसी साथ ३ दिन मनाउने चाढपर्व हो ।

यस चाडको पावन अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ ।

यस दिन बिहान सबेरै उठेर नुहाइधुाई गरी शुद्ध हुने र खुलास्थान, इदगाहा वा मुस्जिदहरूमा गई ईद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अंगालोमा बाँधिएर शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको अध्यक्ष अन्सारीले बताएका छन् ।

उनले ईद–उल अजहाको अवसरमा देश तथा विदेशमा रहनेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना दिएका छन् ।

Published : Sunday, 2022 July 10, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया