मुस्लिम आयोगका अध्यक्ष अन्सारीले दिए बक्र ईदको शुभकामना
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद–उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् ।
आइतबार बिहान अध्यक्ष अन्सारीले शुभकामना सन्देश जारी गरेर इस्लाम धर्मालम्बीहरूलाई शुभकामना दिएका हुन् ।
आज असार २६ गतेका दिन सम्पूर्ण इस्लाम धर्मावलम्बीले ईद–उल अजहा (बक्र ईद) मनाइँदैछ ।
१४४३ जिल–हिज्जा महिनामा मुस्लिम समुदायले मनाउने ईद–उल अजहा हर्षोल्लास, खुसी साथ ३ दिन मनाउने चाढपर्व हो ।
यस चाडको पावन अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ ।
यस दिन बिहान सबेरै उठेर नुहाइधुाई गरी शुद्ध हुने र खुलास्थान, इदगाहा वा मुस्जिदहरूमा गई ईद–उल अजहाको नमाज पढ्ने र एकआपसमा अंगालोमा बाँधिएर शुभकामना आदान प्रदान गर्ने परम्परा रहेको अध्यक्ष अन्सारीले बताएका छन् ।
उनले ईद–उल अजहाको अवसरमा देश तथा विदेशमा रहनेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना दिएका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया