यी ३२ जना एसपीहरूको एसएसपीमा बढुवा सिफारिस, को–को परे ?

काठमाडौं । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षकहरू (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।

बढुवा समितिले शनिबार एसपीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा गणेश चन्द रहेका छन् । दोस्रो नम्बरमा सिद्दिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथो नम्बरमा उमाप्रसाद चतुरवेदी र पाँचौँ नम्बरमा दानबहादुर कार्की रहेका छन् ।

सबैभन्दा पुछार ३२औँ नम्बरमा शारदाप्रसाद चौधरी छन् ।

बढुवा सिफारिसमा डम्बरबहादुर बिक, विनोद घिमिरे, ओमबहादुर राना पनि परेका छन् ।

Published : Saturday, 2022 July 9, 12:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया