मकै काण्डपछि बालेनले आत्महत्या गरेका मान्छेको शालिक काठमाडौंमा बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले आत्महत्या गरेका र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’को शालिक बनाउने निर्णय गराएका छन् ।

साहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपियाँसम्म खर्च गरेर यमबुद्धको शालिक बनाउने निर्णय गरेका हुन् ।

नगरपालिका र गाउँपालिकाहरूले आफ्नो प्राथमिकताविपरीत घोँडा, सुगुर, चरा, विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर साहले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

शुक्रबार मेयर साहले आफ्नो फेसबुक पेजबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन् ।

र्‍यापर यमबुद्धले लण्डनमा आत्महत्या गरेका थिए । आत्महत्या गरेका यमबुद्धले कुनै ठूलो काम गरेका थिएनन् । उनी ¥यापर हुन् । जनताले स्मरण गर्ने कुनै पनि काम यमबुद्धले गरेका छैनन् । आत्महत्या गर्ने व्यक्तिको शालिक बनाउने निर्णयबाट मेयर साहको हर्कत र चर्तिकला बाहिरिएको छ ।

बालेनको सचिवालयका प्रवक्ता भूपदेव साहले र्‍यापर यमबुद्धको योगदानको कदर गरेर शालिक निर्माण गर्न लागेको बताए ।
आत्महत्या गरेका यमबुद्धको शालिक कहाँ स्थापना गर्ने भन्ने चाहिँ यकिन भएको छैन ।

आत्महत्या गरेका व्यक्तिको शालिक निर्माण गर्ने निर्णयपछि सामाजिक सञ्जालमा बालेनको धेरैले विरोध गरेका छन् ।

काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन् ।

साहले चुनावअघि काठमाडौंको फोहोरमैला, प्रदूषण, ट्राफिक समस्या लगायतलाई प्राथमिकता दिने र सहरको सांस्कृतिक पहिचान पुनर्जीवित गराउने खालका कार्यक्रमहरू ल्याउने भन्दै आएका थिए ।

यसअघि, मेयर साहले महानगरपालिकाका सुरक्षाकर्मी लगाएर सडकमा मकै पोलेर बेचेर गुजारा गर्दै आएका व्यक्तिको बिचल्ली बनाएका थिए । साहले मकै र ठेला खोस लगिदिएका छन् ।

मेयर साहले दुःख दिएको मकै बेच्ने दम्पत्तिलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका थिए । बस्नेतले ती दम्पत्तिका दुई छोरालाई अध्ययनका लागि व्यवस्था गरिदिएका छन् ।

Published : Saturday, 2022 July 9, 8:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया