अधिकारीले निगमको जिम्मेवारी सम्हाले

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् ।

शुक्रबार अध्यक्ष अधिकारीले पदको सम्हालेका छन् । अधिकारीले बिहीबार सर्वोच्च अदालतबाट न्याय पाएका थिए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो व्यक्तिगत स्वार्थका काम नगरेको भन्दै अधिकारीमाथि हातपाद र दुर्व्यवहार गरेका थिए । आलेले बदला लिन अधिकारीलाई असार ६ गतेमा निलम्बन गर्ने निर्णय गरेका थिए ।

अधिकारीले आलेको निर्णयविरुद्ध असार १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलेको थियो ।

शुक्रबार काममा फर्किएका कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरेका छन् । उनले निगमलाई अझै उचाइँमा लैजाने बताएका छन् ।

अधिकारीले निगमको जिम्मेवारी लिएपछि आर्थिक अवस्थामा सुधार भएको छ ।

Published : Friday, 2022 July 8, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया