बुढीगंगा नगरपालिकामा कांग्रेसलाई सुरुवाती झट्का, एमालेको अग्रता

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा १ हजार मत गणना हुँदा एमालेले मेयरमा ८५ मतको अग्रता लिएको छ ।

मेयरमा एमालेका रामबहादुर बानियाँले ५२० मत ल्याएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले ४३५ मत पाएका छन् ।

उप–मेयरमा एमालेकी माया कुँवरले अग्रता लिएकी छिन् । कुँवरले ५१५ मत पाएकी छिन् । कांग्रेसकी रीता शाहीले ४३५ मत पाएकी छिन् ।

बूढीगंगाको वडा नं. १ र १० को मतगणना चलिरहेको छ । बूढीगंगामा शुक्रबार मतदान भएको थियो ।

बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्द गरी बिहीबार फेरि मतदान गरिएको छ ।

Published : Friday, 2022 July 8, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया