अमेरिका भ्रमणमा थापासहितका कांग्रेस नेताहरू, विदेशमा रहेका नेपालीहरूको मागप्रति सकारात्मक

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विदेशमा रहेका नेपालीहरूको सीपलाई नेपालमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका सभापति थापाले विदेशमा रहेका नेपालीहरूमा दक्ष सीप रहेको बताए । उनले भने, ‘अमेरिका, युरोप, खाडी मुलुकसहित विभिन्न देशमा रहेका नेपालीहरूमा दक्ष सीप छ । त्यो सीपलाई हामीले स्वदेशमा सदुपयोग गर्नुपर्छ ।’

सभापति थापाले विदेशमा रहेका नेपालीहरूको मागअनुसार दोहोरो नागरिकतामा कांग्रेस सकारत्मक रहेको बताए । उनले भने, ‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले विदेशमा रहेका नेपालीहरूको मागका विषयमा सकारात्मक कुरा गर्नुभएको छ । कांग्रेसले यो विषयलाई गम्भीर रुपमा लिएको छ ।’

सभापति एवम् प्रधानमन्त्री देउवाले केही दिन अगाडि एनआरएनएका अध्यक्षहरूसँगको संयुक्त भेटमा दोहोरो नागरिकता र आर्थिक लगानीका विषयमा सकारात्मक आश्वासन दिएको थापाले स्मरण गराए ।

सभापति थापा अमेरिकामा रहेको कांग्रेसको भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको निमन्त्रणामा अमेरिका भ्रमणमा छन् ।

सभापति थापासहितका कांग्रेसका नेताहरू करीव १० दिन अमेरिकाका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

सभापति थापासहित कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, दाङ कांग्रेसका सभापति शंकर डाँगी, युवा नेता मनोजमणि आचार्यसहितका नेताहरू अमेरिका भ्रमणमा छन् ।

Published : Friday, 2022 July 8, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया