चन्द्रागिरी केबलकारभित्र फेरि मान्छेहरू अड्किए, अध्यक्ष तिमिल्सिनानै फन्दामा परे
काठमाडौं । चन्द्रागिरी केबलकारको लापरबाहीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका यात्रुहरू अड्किएका छन् ।
बुधबार दिउँसो तिमिल्सिनासहितका व्यक्ति चढेको केबलकार बीचमा अड्किएको हो । चन्द्रागिरी डाँडामा जाने क्रममा केबलकार अड्किएको थियो ।
विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताएका छन् ।
विद्युत आपूर्तिमा समस्या हुँदा यात्रुहरूले आधा घण्टासम्म केबलकारमा बिताउनु परेको छ ।
टेक्निकल फल्ट भएर एकैछिन होल्ड भएको चन्द्रागिरी केबलकारले जनाएको छ ।
चन्द्रागिरी केबलकार बेलाबेला बीचमा अड्किने गरेको छ । तीन महिना अगाडि पनि चन्द्रागिरीको केबलकार अड्किएको थियो । त्यस बेला दिनभरि नै यात्रुले केबलकारभित्रै दुःख पाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया