अश्लील हर्कत गर्ने ‘यूट्युबे’ लामा पक्राउ, ५ दिन खोरभित्र बस्ने
काठमाडौं । यूट्युब च्यानलमार्फत अश्लीलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा प्रहरीले २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले लामालाई काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुले बस्ने लामालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । लामालाई प्रहरीले सोमबार पक्राउ गरेर अदालतबाट ५ दिनमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पनि लिएको छ ।
लामाको स्थायी घर भने नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा पर्छ ।
लामाले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाई राख्ने गरेको थिए ।
ती अश्लील सामग्रीहरू उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
लामाउपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया