डीआईजी खाँका कारण मधेशमा तस्करहरूको मनोवल बढ्यो, एपीएफले ठूलो ‘माछा’ छोपेपछि प्रहरी चकित
काठमाडौं । मधेश प्रदेशमा तस्करहरू सलबलाएको गुनासो आइरहेका बेला सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले धनुषा जिल्लामा नेपाली रुपियाँ झण्ड एक करोड रुपियाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरीले पैसासहित दुई जनालाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
जनकनन्दनी गाउँपालिका–१ ईनरुवास्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् ।
ज ७ प ५००७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरीको बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूले बोकेको आलुको बोराभित्र रकम फेला पारिएको विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरीले त्यसवेला पैसाको बोरा बोकेको मोटरसाईकल समेत बरामद गरेको छ ।
मधेश प्रदेशमा नेपाल प्रहरीको प्रमुख (डीआईजी)मा मसउद आलम खाँ छन् । खाँले मधेश प्रदेशका जिल्लाहरूमा तस्करहरूलाई छुट दिएको आरोप छ ।
डीआईजी खाँले मधेश प्रदेशमा तस्करहरूलाई छुट दिएकै कारण सशस्त्र प्रहरीले झण्डै एक करोड नेपाली रुपियाँसहित दुई जना भरियालाई पक्राउ गरेको छ ।
राजनीतिक शक्तिमार्फत मधेश प्रदेशको कमाण्ड पाएका डीआईजी खाँलाई सशस्त्र प्रहरीले तस्करीको रकम पक्राउ गरेर चकित तुल्याइदिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया