रामहरि खतिवडाको टिप्पणीले अर्थमन्त्री शर्माको ‘हावा’ खुस्कियो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण देश नै बदनाम भएको बताएका छन् ।

मंगलबार नेता खतिवडाले ट्वीट गर्दै शर्माको नाम नलिएर अर्थमन्त्रीको जिम्मेवारी इमान्दारिताका साथ बहन नगर्दा अर्थतन्त्र नै समाप्त हुने अवस्थामा पुगेको बताएका हुन् ।

‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अबस्थामा पुग्ने भो’, खतिवडाले भनेका छन् ।

उनले भनेका छन्, ‘मन्त्रीजी अलिकति आफ्नो होइन देशको बारे सोँचिदिनु होस् ।’

अर्थमन्त्री शर्माले चौधरी ग्रुपका बिचौलिया पूर्व नायब सुब्बालाई अर्थ मन्त्रालयमा छिराएर करको दर हेरफेर गरेको विषयपछि विवादमा परेका छन् ।

शर्मालाई अर्थमन्त्री पदबाट राजीनामा दिन दवाव परेको छ । तर, शर्माले राजीनामा नदिने मुडमा छन् ।

अर्थमन्त्री शर्मालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोकेर हिँडेका छन् ।

Published : Tuesday, 2022 July 5, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया