राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटक–पटक जिताउँछन् : सभापति बानियाँ

ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटक–पटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताएका छन् ।

सोमबार बिहान ललितपुर उपमहानगरपालिका–१५ सातदोबाटोस्थित ईन्द्र क्लासिक शान्तिमार्गमा बृक्षरोपण कार्यक्रममा उनले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्ने बताएका हुन् ।

कांग्रस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुग्ने बताए ।

उनले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्ने बताए ।

नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपियाँ विनियोजन गरेको थियो ।

सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ ।

वडा नम्बर १५ का अध्यक्ष सुरेश शाहीले सडक पिच बनाउन बजेट ल्याइदिन र सडकमा हरियाली बनाउन नेता बानियाँको सहयोगको रहेको भन्दै धन्यवाद दिएका छन् ।

Published : Monday, 2022 July 4, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया