१७ जना डीआईजीले दर्ज्यानी चिन्ह पाएकै दिन भण्डारी पनि मालामाल

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ई.अरुणकुमार भण्डारी प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको सचिवालयले आइतबार प्रकाशित गरेको सूचनाअनुसार भण्डारी बढुवाका लागि सिफारिस भएका हुन् ।

प्रहरीमा प्राविधिक प्रहरी समूह सूचना प्रविधि÷कम्प्युटरतर्फको प्रहरी नायब महानिरीक्षकमा भण्डारीको नाम बढुवाका लागि सिफारिस भएको सूचनामा उल्लेख छ ।

प्रहरीका १७ जना डीआईजीहरूले दुर्ज्यानी चिन्ह प्राप्त गरेकै दिन गृह मन्त्रालयले भण्डारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।

Published : Sunday, 2022 July 3, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया