कांग्रेस नेता बुढाको आग्रहमा भारतीय दूतावासले दियो डोल्पालाई एम्बुलेन्स

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाको विशेष पहल र आग्रहमा नेपालका लागि भारतीय राजदूतावासले डोल्पा जिल्लालाई एउटा एम्बुलेन्स दिएको छ ।

कांग्रेस नेता बुढाले जिल्ला अस्पताल डोल्पाका लागि सो एम्बुलेन्स माग गरिदिएका हुन् । जिल्ला अस्पतालको प्रत्यक्ष निगरानी र सहोगमा एम्बुलेन्स सञ्चालन हुनेछ ।

कांग्रेस नेता बुढाले एम्बुलेन्स उपलब्ध गराइदिएकोमा भारतीय राजदूतावासलाई धन्दावाद दिएका छन् ।

‘मेरो अनुरोधमा भारतीय राजदूतावासले डोल्पा जिल्ला अस्पतालको लागि एउटा एम्बुलेन्स प्राप्त भएको छ’, उनले भनेका छन्, ‘एम्बुलेन्सका लागि मलाई सहयोग गर्ने मेरो भाई गोविन्द साहलाई मुरीमुरी धन्यावाद छ ।’

डोल्पा जिल्लाका विपन्न परिवारका सर्वसाधारणलाई भारतीय राजदूतावासबाट प्राप्त भएको एम्बुलेन्सले अस्पतालसम्म बिरामीलाई समयमा लगेर उपचार गराउने सहयोग मिल्ने कांग्रेस नेता बुढाले विश्वास लिएका छन् ।

डोल्पा जिल्लामा अझै कम्तिमा पनि अर्को एउटा एम्बुलेन्स आवश्यक रहेको छ । त्यो एम्बुलेन्स ठूलीभेरी नगरपालिकालाई आवश्यक रहेको नेता बुढाले बताएका छन् ।

Published : Sunday, 2022 July 3, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया