मोहन बस्नेतको चेतावनीपछि अन्तरघाती र अग्नि सापकोटाको सातोपुत्लो उड्यो

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले चुनावमा पार्टीविरुद्ध घात गर्ने कार्यकर्ताहरु आपराधिक धमिरा सरह भएको टिप्पणी गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आयोजित कार्यक्रममा पूर्वमन्त्री बस्नेतले त्यस्ता अपराधी कार्याकर्ता हुनुभन्दा नहुनु नै राम्रो हुने बताए । नेता बस्नेतले अन्तरघातीकै कारण कांग्रेसलाई ठूलो पार्टी हुनबाट बाटो छेक्ने गरेको बताए ।

स्थानीय निर्वाचन २०७९ लाई लक्षित गर्दै उनले टिकट पाए खुशी हुने र टिकट नपाएपछि आफ्नै पार्टीको उम्मेदवारलाई हराउन लाग्नेहरुको कहिल्यै राजनीतिक भविष्य सफल नहुने चेतावनी दिए ।

सिन्धुपाल्चोकमा कांग्रेसको स्थानीय नेतृत्व गठबन्धन गर्न तयार नरहेको समेत बताएका छन् । गत चुनावमा आफूलाई निकै ठूलो दबाब आए पनि कांग्रेसी कार्यकर्ताहरु गठबन्धनको पक्षमा तयार नभएको जनाकारी उनले दिएका छन् ।

नेता बस्नेतले भने, ‘हामी एक्लै काफी भएकैले पनि गठबन्धनबिना नै स्थानीय चुनावमा होमिएको हो । जसले गर्दा हाम्रो पार्टी आज जिल्लाकै नं. १ पार्टी बनेको छ ।’

नेता बस्नेतले अब आउने संघीय र प्रदेश चुनावमा समेत कसैसंग कांग्रेसले गठबन्धन नगर्ने घोषणा गरेका छन् ।

नेता बस्नेतको यो घोषणाले माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटालाई तनाब भएको छ । गठबन्धनका नाममा सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट टिकट पाएर जित्ने सपना देखेका सापकोटाले बस्नेतको अभिव्यक्तिले सातोपुत्लो उडेको छ ।

बधाई तथा शुभकामना कार्यक्रममा नेता बस्नेतले कांग्रेसबाट बिजेता बनेका सम्पूर्ण जनप्रतिनिधिहरुलाई जनताको काममा दत्तचित्त भएर लागे मात्र राजनीतिक भविष्य सफल हुने सुझाव दिएका छन् ।

यदि बल्ल मेरो पालो आयो भने जस्तो गरेमा त्यस्तालाई जनताले ठाउँको ठाउँ देखाइदिने गरेको उदाहरण प्रशस्तै रहेकोउनले बताएका छन् ।

जनप्रतिनिधिहरूले जनतालाई अनआवश्यक कर नलगाउन, कर छुट गर्नु र शिक्षाको क्षेत्रमा १२ कक्षसम्म निःशुल्क पढाउने ब्यबस्था मिलाउन, कांग्रेसले जितेका गाउँपलिका र नगरपालिका सबै ठाउँमा जनतामुखी काम गर्न नेता बस्नेतले निर्देशन दिएका छन् ।

कार्यक्रममा जिल्ला सभापति जंगबहादुर लामाले चुनावमा घात गर्‍योभन्दै उजुरी हाल्नुअघि सहि सत्य प्रमाण लिएर मात्र आउन अनुरोध गरेका छन् ।

बिना प्रमाण लान्छना मात्र लगाउने काम नगर्न पनि सबैलाई उनले सुझाब दिएका छन् ।

सभापति लामाले गत चुनावमा भन्दा समग्र जिल्लामा कांग्रेसको मत हेर्दा २२ हजार बढिले बढेको समेत जनाएका छन् ।

क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं. १ ‘का’बाट निर्वाचित सम्पूर्ण नगर प्रमुख र उपप्रमुख, गाँउपालिकाका अध्यक्ष उपाध्यक्ष र सम्पूर्ण वडाध्यक्षहरूलाई बधाई तथा सम्मान गर्दै उनले आफू क्षेत्रीय सभापति मात्र नभएर बाह्रबिसे नगरपालिकाको नगर प्रमुखको हैसियतले शिक्षा, स्वास्थ, खेलकुद, निःशुल्क क्रमशः गराउँदै जाने बताए ।

उनले जनताको सुखदुःखमा सधै साथमा रहेर काम गर्ने बताएका छन् ।

Published : Friday, 2022 July 1, 7:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया