झाक्री जस्तै बने पाण्डे, सरकार ढाल्न हस्ताक्षर संकलन, एमालेलाई बानियाँले औकात देखाइदिए

हेटौँडा । नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन शुरु गरिएको छ ।

प्रदेश सभाबाट बजेट पास भए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन शुरु गरिएको हो ।

पाण्डे मुख्यमन्त्री बन्ने बेलामा भएको सहमतिअनुसार कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार नभएपछि गठबन्धनका दुई दल हस्ताक्षर संकलनमा जुटेका हुन् ।

एमालेको प्रदेश सरकार ढलेपछि गठबन्धनमा पाण्डे र कांग्रेसका ईन्द्रबहादुर बानियाँ आधाआधा मुख्यमन्त्री बने सहमति भएको थियो ।
सहरी विकासमन्त्री रामकुमारी झाक्रीले मन्त्री पद फुत्किएपछि पत्रकार सम्मेलनमा रोइकी थिइन् । ६ महिनामा मन्त्री पद जान्छ भन्ने जान्दाजान्दै झाक्री रोएर मन्त्री पदप्रति लाचार बनेकी थिइन् ।

अहिले मुख्यमन्त्री पद छाड्न पाण्डेले केन्द्रको निर्देशन चाहिने भनेपछि गठबन्धनबीचमै हस्ताक्षर शुरु भएको छ ।

सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न शुरु गरेका हुन् ।

राजेन्द्र पाण्डे कात्तिक ११ गते ६ महिनाको लागि नेतृत्व गर्ने गरी सहमतिमा मुख्यमन्त्री बनेका थिए ।

बागमती प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ र नेकपा (एस) का १३ सांसदसहितको गठबन्धनको सरकार छ ।

कांग्रेस सभापति एवम् संसदीय दलका नेता बानियाँले मुख्यमन्त्री पाण्डेले ल्याएको बजेट पारित गरिदिएका छन् ।

मुख्यमन्त्रीका विषयमा एमालेले राजनीति गर्न खोजेको छ । कांग्रेस र एकीकृत समाजवादीभित्र एमालेले खेल्न खोजेको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन एमालेले विभिन्न हर्कत गर्दै आएको छ ।

एमालेको हर्कतलाई सभापति बानियाँले चिरेका छन् । बानियाँको रणनीतिले एमाले चकित परेको छ ।

Published : Friday, 2022 July 1, 1:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया