कांग्रेसले कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक असार २७ गते बस्नेछ । दिउँसो १ बजे पार्टी मुख्यालय वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने कांग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ ।

बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा बैठकमा स्थानीय तहको निर्वाचन – २०७९ को समीक्षा गरिने बताइएको छ ।

विविध विषय पनि समेटिएको छ । निर्वाचन आयोगले प्रदेश र संघको चुनावको मिति तोक्नका लागि सरकारलाई सुझाव दिइसकेको अवस्थामा उक्त चुनावका बारेमा पनि छलफल हुनेछ ।

Published : Friday, 2022 July 1, 1:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया