कांग्रेसका उपसभापति गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट बच्यो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवारी गाडी ठूलो दुर्घटनाबाट बचेको छ ।

बिहीबार रामेछाप जिल्लाको गोगनेमा उपसभापति गुरुङ चढेको स्कारपियो गाडी सडकको छेउमा रहेको नालातिर गएर अड्किएको छ । गाडीमा आफै ढुंगाको ओट लागेका कारण ठूलो दुर्घटनाबाट बचेको गुरुङले बताएका छन् ।

‘ठूलो घट्ना हुनबाट जोगियो’, गुरुङले भनेका छन्, ‘रामेछापको गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर, अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठूलो घट्ना हुनबाट जोगियो ।’

‘भगवानको कृपाले हामी सबै सकुशल छौं’, उनले भनेका छन् ।

Published : Friday, 2022 July 1, 12:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया