मतदातालाई धन्यावाद दिन बिहीबार दाङ जाँदै मन्त्री चौधरी
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ जाने भएका छन् ।
मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी जाने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको शपथ लिएपछि चौधरी आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई धन्यावाद दिन आउन लागेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) दाङको पार्टी नेतृत्व, पार्टीका साथी तथा शुभेच्छुकहरूसँग पनि भेट गर्ने कार्यक्रम मन्त्री चौधरीको रहेको छ ।
उनले शुक्रबार बिहान दाङका स्थानीय पत्रकारहरूसँग पनि भेटघाट गर्नेछन् ।
चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिका सांसद हुन् ।
Published : Thursday, 2022 June 30, 8:33 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया