दश लाखसहित चार जना पक्राउ

सिरहा । सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका–३ स्थित छोटी भन्सार ईलाकाबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपियाँसहित चार जनालाई पक्राउ गरेको छ ।

बुधबार सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपियाँसहित चार जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही जिल्लाको मिर्चैया नगरपालिका–१ बस्ने २५ वर्षीय दयानाथ कापत, ४८ वर्षीय जगनाथ साह, ३३ वर्षीय उमेश साह र ३१ वर्षीय रविन साह छन् ।

से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपियाँको श्रोत नखुलेपछि दुवै मोटरसाईकलसहित पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद रुपियाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

Published : Wednesday, 2022 June 29, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया