सभापति बानियाँद्वारा कांग्रेस नेता प्रजालाई आर्थिक सहयोग प्रदान

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् सभापति ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगबाट समस्यामा रहेका रामकृष्ण प्रजालाई आर्थिक सहयोग गरेका छन् ।

कांग्रेस नेता समेत रहेका प्रजालाई सभापति बानियााले १ लाख रूपियाँ सहयोग गरेको बानियाँका सहयोगी मिलन पुडासैनीले जानकारी दिए ।

दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका मकवानपुर जिल्ला कांग्रेसका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

उपचारमा सहजताका लागि संसदीय दलबाट ५० हजार र सभापति बानियाँले व्यक्तिगत रुपमा ५० हजार गरी २ लाख रूपियाँ सहयोग प्रजाको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

बानियाँले प्रजाको स्वास्थ्य अवस्था र थप उपचारबारे जानकारी लिंदै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेशसभा सदस्य पुकार महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका उप–प्रमुख सानुकाजी लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 June 28, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया