प्यूठानकी शिक्षिका चन्द्रकलाको उपचारमा आर्थिक अभाव, सहयोगका लागि अपील

काठमाडौं । प्यूठान जिल्लाको निजी विद्यालयकी शिक्षिका ४० वर्षीया चन्द्रकला बस्नेत रक्त क्यान्सरको उपचार गराउँदै आएकी छिन् ।

प्यूठान नगरपालिका–४ पाण्डेडाडा बस्ने चन्द्रकलाले काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार गराउँदै आएकी छिन् ।

उपचारका क्रममा चन्द्रकलालाई आर्थिक अभाव हुन थालेको छ । सरकारले चन्द्रकलाको उपचारमा थोरै सहयोग गरे पनि उनलाई औषधिसहितको काठमाडौंमा बसेर उपचार गराउन निकै समस्या भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले बताएका छन् ।

डा.पोखरेलले चन्द्रकलाको रक्त क्यान्सरको उपचारमा सहयोग गर्न अपील गरेका छन् । सबैको सानो सहयोगले चन्द्रकलाको उपचारमा ठूलो सहयोग हुने डा.पोखरेलले बताए ।

चन्द्रकलाको साढे दुई वर्षको छोरा पनि छन् । उनका पतिले प्यूठानमै सानो पसल गरेर छोराको हेरचाह गरिरहेका छन् ।

चन्द्रकला बाल साहित्यमा लेख, रचनामार्फत पनि आफ्नो परिचय दिँदै आएकी शिक्षिका हुन् ।

रक्त क्यान्सरको रोगबाट थलिएपछि चन्द्रकलाले जागिर छोडेर उपचार गराइरहेकी छिन् ।

डा.पोखरेलले चन्द्रकलाको एनआईस एसिया बैंकको झुम्री, प्यूठन शाखाको खाता नं. १२७५७५१२७२७८१००१ मा आर्थिक सहयोग गर्न अपील गरेका छन् । चन्द्रकलालाई सिधै ९८४१९९३१२८ नम्बरमा पनि सम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।

Published : Tuesday, 2022 June 28, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया