बढुवा भएका यी ३७ एसपीहरूको दरबन्दी कायम, को कहाँ पुगे ?

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

सरकारको सोमबारको सचिवस्तरको निर्णयानुसार ३७ जना डीएसपीलाई एसपीमा बढुवा गरेर नियुक्ति गरिएको हो । बढुवा भएका एसपीहरूको पदको दरबन्दी पनि तोकिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सेवा, साधारण समूह, साधारण उपसमूहतर्फको पदमा जेष्ठताक्रम कायम हुने गरी बढुवा नियुक्ति गरिएको जनाइएको छ ।

डीएसपीबाट एसपीमा बढुवा भएर दरबन्दी कायम गरिएकामा टोपबहादुर डाँगी, हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, घिरेन्द्रराज न्यौपाने, देवराज अर्याल, दिनेश मल्ल, उद्धवबहादुर रावल, शिवप्रसाद गैरे, माधव रेग्मी रहेका छन् ।

सुमनजंग थापा क्षेत्री, अनिल कार्की, किसन कर्माचार्य, किसन कर्माचार्य, सुशीलप्रसाद पराजुली, सुरेन्द्रराज रञ्जित, रोशन बुढाथोकी, अशोककुमार शाक्य, रवि केसी, दिनेशकुमार महत, रामहरि अधिकारी, कमलचन्द्र गैह्रे, धनबहादुर बानियाँ, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, रमेशविक्रम शाहीको बढुवा भएको छ ।

हर्कबहादुर शाही, अशोककुमार लम्साल, लकेशकुमार तुम्बाहाम्फे, डम्बरबहादुर विष्ट, दलबहादुर पाण्डे, कविन्द्र राई, प्रमोदकुमार भारती, सुशीलकुमार शाही, चेतराज जोशी, सन्तोषविक्रम शाह र पुरनचन्द्र भट्टको बढुवा र दरबन्द कायम भएको छ ।

Published : Tuesday, 2022 June 28, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया