रामहरि खतिवडाको पहलमा बन्यो सुनकोशी नदीमाथि पलापु जोड्ने पुल, साउनमा उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पलापु जोड्ने सुनकोशी नदीको पुलको निर्माण कार्य अन्तिम चरणमा रहेका जनाएका छन् ।

आइतबार पुलको निर्माण कार्यको अवलोकन गरेका खतिवडाले साउनको दोस्रो हप्ता उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी रहेको जनाएका छन् ।

खतिवडाले नै यो पुल २०७४ सालमा शिलान्यास गरेका थिए । पलापुका जनतालाई पुल नभएकै कारण आवत जावतमा समस्या भएपछि खतिवडाले आफ्नै पहलमा पुलको योजना पारेका थिए । पुल बनाउने क्रममा ठूलो ढुंगा भेटिएपछि डिजाइनमा पनि केही हेरफेर गर्नुपर्दा अलिक धेरै समय लागेको थियो ।

सिन्धुलीको नवलपुर र ओखलढुंगाको पलापु जोड्ने यो पुल बनाउन खतिवडाले बजेटका लागि ठूलो प्रयास गरेका थिए ।

खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुंगामा सडक, पुल, शिक्षा, स्वास्थ्यसहितका हरेक विषयमा बजेट, कार्यक्रम र योजना लैजान गरेका छन् ।

Published : Monday, 2022 June 27, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया