मन्त्री पद फुत्किएपछि रामकुमारी झाक्री ‘ग्वाँ–ग्वाँ’ रोइन्

काठमाडौं । मन्दी पद बचाउन विभिन्न तिकडम गरेकी सहरी विकासमन्त्री रामकुमारी झाक्री मन्त्रालयबाट विदा भएर जाने क्रममा रोएकी छिन् ।

मन्त्री पद बचाउन झाक्रीले विभिन्न खेलकुद गरेकी थिइन् । जति खेलकुद गरे पनि आइतबार झाक्रीको पद फुत्किएको छ ।

उनले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने रहर आफूलाई भएको र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिन केही दिन मन्त्रीमा रहेको बताएकी छिन् ।

झाक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको बताएकी छिन् ।

उनले मन्त्रीहरू परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर, एक्कासि सञ्चारमाध्यमबाट जानकारी पाएको बताएकी छिन् ।

‘पार्टीले समीक्षा बैठक भनेर बोलाएको थियो । त्यसमा मन्त्री फेर्ने निर्णय पार्टीले गरेछ’, उनले भनिन्, ‘मैले त पछिमात्र थाहा पाएँ ।’

उनले आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले मुख्यसचिवलाई बजेटसम्म मन्त्रीहरू नहट्ने भएकाले त्यहीअनुसार व्यवस्था मिलाउन निर्देशन दिएको बताइन् ।

पत्रकार सम्मेलनमा निकै भावुक हुँदै उनले आँशु झारिरहेकी थिइन् ।

Published : Sunday, 2022 June 26, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया