भारत छिराउन लागेका बेला महोत्तरीमा ४२ वटा गाईसहित तरस्कर पक्राउ

काठमाडौं । महोत्तरी जिल्लामा प्रहरीले एक जनालाई ४२ वटा गाई, गोरु र बाच्छा/बाच्छीसहित पक्राउ गरेको छ ।

आइतबार बिहान सवा चार बजे सोनमा गाउँपालिका–५ हर्दी खोलाबाट तस्करीका लागि राखिएका गाई, गोरु र बाच्छा/बाच्छीसहित एक जनालाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय खैरबनीबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्न साथ नेपालबाट भारततर्फ लुकाई/छिपाई अवैध रुपमा लैजाँदै गरेको गाई ५ वटा, गोरु २९ वटा, बाच्छा ७ वटा बाच्छी १ वटा गरी ४२ वटा गाई, गोरु, बाच्छा/बाच्छी र १ जना मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिएका छन् ।

गाई, गोरु, बाच्छा, बाच्छीहरू र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ ।

यसैबीच, महोत्तरी प्रहरीले शनिबार सम्सी गाउँपालिका– ६ स्थित बेला सम्सी सडक खण्डमा प्रहरी चौकी सम्सीबाट गस्तीमा खटिएको टोलीले भन्सार छली गरेर भित्र्याइएका विभिन्न सामानहरू बरामद गरेको छ ।

प्रहरीलाई देख्न साथ भारतबाट लुकाई/छिपाई भन्सार छलीगरी ल्याउँदै गरेका किराना सामानहरू फालेर मानिस फरार भएको विज्ञप्तिमा उल्लेख छ ।

ती सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ ।

प्रहरीले ६४ हजार मूल्य बराबरको ८ सय किलो चिनी, २१ हजारको माउन्टेन डियु, १६ हजारको साबुन, ४ हजारको रेडिमेट अचार, १ हजारको मोमो लेखिएको कुरकुरे १०० पिस, ४ हजारको फोफी २ पिस बरामद गरेको छ ।

१२ सयको टर्चलाईट सानो र ठूलो गरी ६ वटा, ५ सयको सम्राट गुट्का २ प्याकेट र जर्दा पति, ५ सयको राजनिवास गुट्का २ प्याकेट गरी अन्दाजी १ लाख १२ हजार मूल्य बराबरको सामग्री बरादम गरेर प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।

Published : Sunday, 2022 June 26, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया