भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदिनुस् : मेयर खाण

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन आग्रह गरेका छन् ।

शनिबार तिलोत्तमामा रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले आयोजना गरेको कार्यक्रममा खाणले तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको बताए ।

क्लबले सुरु गरेको अभियानलाई सकारात्मक रुपमा अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको उनले बताएका छन् ।

क्लबका अध्यक्ष डा.सन्तोष पोखरेलले बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिएको बताए ।

उनले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

Published : Saturday, 2022 June 25, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया