नेपालका लागि भारतीय नयाँ राजदूत श्रीवास्तव काठमाडौं ओर्लिए

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।

श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका हुन् । उनलाई भारतीय राजदूतावासका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि उनको स्थानमा श्रीवास्तव आएका छन् ।

नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

श्रीवास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए । उनी चीन मामिलाका जानकारका रूपमा मानिन्छन् ।

Published : Saturday, 2022 June 25, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया