जनताको पक्षमा देउवा सरकारको असल निर्णय, पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएका छन् ।

पेट्रोलमा २० रुपियाँले घटाएर १७९ पुर्‍याएको छ । डिजेल र मट्टीतेलको मूल्यमा २९ रुपियाँले घटाएर १६३ रुपियाँ पु¥याएको छ ।

सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको मन्त्री बडूले बताएका छन् । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।

हाल पूर्वाधार करबापत पेट्रोल–डिजेलमा प्रतिलिटर १० रुपियाँ कर लाग्दै आएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ बढाएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य बढेर मूल्य वृद्धि हुन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटनाएका छन् ।

Published : Saturday, 2022 June 25, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया