डीआईजी बढुवाको सूचीमा लुम्बिनीबाट तीन जना प्रवेश

काठमाडौं । नेपाल प्रहरीको डीआईजी बढुवाको सिफारिसमा परेका १७ जनामध्ये ३ जना लुम्बिनी प्रदेशका छन् ।

गृह मन्त्रालय बढुवा समितिको बुधबार बसेको बैठकले एसएसपीबाट डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बढुवाको पहिलो नम्बरमा रहेका बसन्तबहादुर कुँवर अर्घाखाँची जिल्लाका हुन् । कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

५औँ नम्बरमा बढुवा सिफारिसमा परेका श्यामलाल ज्ञवाली दाङ जिल्लाका हुन् । ज्ञवाली नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसी, काठमाडौंमा कार्यरत छन् । ज्ञवालीको पुर्ख्यौली घर प्यूठान जिल्लामा पर्छ ।

पाल्पाकी किरण बज्राचार्य नेपाल प्रहरीको प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्सालमा कार्यरत छिन् । बज्राचार्यको बढुवा ६ नम्बरमा भएको छ ।

Published : Thursday, 2022 June 23, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया