असार महिनाभित्र तरुण दल विस्तार हुन्छ : विद्वान गुरुङ

बेनी । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले असार महिनाभित्र तरुण दल केन्द्रीय समिति विस्तार हुने बताएका छन् ।

बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले असार अन्तिमसम्ममा तरुण दल समिति विस्तार हुने बताएका हुन् ।

कम्युनिस्टको सरकार हुँदा जनताले दुःख पाएको भन्दै उनले गठबन्धनको सरकारमा त्यस्तो नभएको बताए ।

विपतको समयमा तरुणहरू अग्रणी मोर्चामा रहेर कार्य गर्ने उनको भनाइ छ ।

त्यहीअनुसार आफूले कार्यकर्तालाई निर्देशन दिएको बताए ।

उनले कांग्रेसको सरकारमा मात्र शान्ति सुशासन कायम रहने बताए ।

प्रदेश र संघको चुनावमा कांग्रेसको उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।

Published : Wednesday, 2022 June 22, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया