यी ३७ जना डीएसपीहरूको एसपीमा बढुवा सिफारिस

काठमाडौं । बढुवा समितिले सशस्त्र प्रहरीका ३७ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको समितिको बैठकले डीएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ ।

एसपी पदमा ३७ पद रिक्त छ । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।

डीएसपीबाट एसपीमा बढुवाको पहिलो नम्बरमा टोपबहादुर डाँगीको नाम सिफारिस भएको छ । दोस्रो नम्बरमा हस्तबहादुर गुरुङ र तेस्रो नम्बरमा तुलबहादुर भण्डारीको नाम रहेको छ ।

सबैभन्दा पुच्छारमा ३७औँ नम्बरमा पुरनचन्द्र भट्टको नाम रहेको छ ।

Published : Monday, 2022 June 20, 10:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया