बोलेको कुरा कांग्रेसले मात्रै पूरा गर्छ, कम्युनिस्टले जस्तो झुठ बोल्दैनौँ : मोहन बस्नेत

हेलम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जयबागेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकको नवनिर्मित भवनको नेता बस्नेतले उद्घाटन गरेका हुन् ।

नेता बस्नेतले कांग्रेसले मात्रै मुलुकको विकास गर्ने बताए । कम्युनिस्टले जितेर जाँदा गाउँको विकासमा सिन्को पनि भाँच्न नसकेको बताए । ‘कांग्रेसले जे काम गर्छ त्यही बोल्छ’, नेता बस्नेतले भने, ‘कम्युनिस्टले जस्तो झुठ बोलेर जनतालाई कांग्रेसले झुक्काउँदैन ।’

नेता बस्नेतले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन र सिन्धुपाल्चोकको विकासको मुहार फेर्न आग्रह गरेका छन् ।

शिक्षा विकास तथा समन्वय ईकाइको सहयोगमा निर्मित ४ कोठे पक्की भवन ६९ लाख ७० हजार रुपियाँ निर्माण भएको छ ।

विद्यालयका प्रधानाध्यापक रामगोपाल श्रेष्ठले भवन निर्माणमा रकम नपुगेको बताए । उनले ई–सिडी कक्षामा सामग्री र शिक्षकको तलब अभाव रहेको पनि बताएका छन् । विद्यालयमा शिक्षकको पर्याप्त दरबन्दी नरहेको श्रेष्ठले बताएका छन् ।

गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँदै उनले पाल्चोक मन्दिर, सडक खानेपानी विद्युतको साथै हेलम्बुको पर्यटन समग्र हेलम्बुको विकासमा आफू सधैँ लागि पर्ने यसको जिम्मेवारी मेरो भएको बताए ।

सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सदस्य कृष्णकुमार तामाङले २२५ जना विद्यार्थीलाई ट्रयाक सुट, शैक्षिक सामग्री दिने प्रतिवद्धता जनाएका छन् ।

मेलम्ची कांग्रेसका उप–सभापति रामशरण गिरीले सरस्वती मन्दिर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरीको सभापतित्वमा सपन्न भएको थियो ।

Published : Monday, 2022 June 20, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया