आईजीपीको मुद्दामा यस्तो आयो सर्वोच्चको कुरा, पोखरलेलाई झट्का

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

आतबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखेको हो ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धका पोखरेल सर्वोच्चमा गएका छन् ।

पोखरेलले आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चले यो मुद्धालाई हेर्दाहेर्दैमा राखेर सारेपछि पोखरेललाई प्रारम्भीक झट्का लागेको छ ।

गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।

पोखरेलले शक्तिको दुरुपयोग गरेर बढुवा खाएको कुरा भने भुलेका छन् । उनले मुद्दामा यो कुरा जिकिर गरेका छैनन् । उनले ऐना हेर्नुपर्ने सुझाव छ ।

सरकारले ऐन, कानून र विधिलाई टेकेरै आईजीपी बढुवा गर्दा पनि पोखरेलले चेनअफ कमाण्डलाई अस्वीकार गरेको भन्दै आलोचना पनि भएका छन् ।

Published : Sunday, 2022 June 19, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया