कोइलाबास नाका खोल्न, सिमेन्ट–टिप्परको दादागिरी रोक्न कांग्रेस सांसद देवकोटाको माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले एमालेको दोहोरो चरित्रको आलोचना गरेकी छिन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले भनिन्, ‘बहुदलीय व्यवस्थामा प्रतिपक्षको महत्वपूर्णस्थान हुन्छ । सरकारलाई सचेत गराउने । खबरदारी गर्ने । प्रतिपक्षको भूमिका रहन्छ ।’

उनले भनेकी छिन्, ‘राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताका लागि प्रतिपक्ष, सत्तापक्ष दुबै जिम्मेवार रहन्छन् । दुबै जिम्मेवार रहनुपर्छ ।’
‘हाम्रो देशमा प्रतिपक्ष आफू सत्तामा हुँदा एउटा कुरा गर्ने, प्रतिपक्षमा गएपछि फेरि अलग कुरा गर्ने कुरा भएका छन् । यो राष्ट्र र राष्ट्रियताका लागि र मातृभूमिका लागि सुखद् पक्ष होइन’, देवकोटाले भनेकी छिन्, ‘राजनीतिक बेइमानी मात्रै होइन, मातृभूमि र जनताप्रतिको बेइमानी हो ।’

उनले भनिन्, ‘हामीले लिएको परराष्ट्र नीति, मित्रराष्ट्रहरूको सम्बन्ध विशिष्ट भू–राजनीतिक बनवट, सामरिक सम्वेदनशीलताका आधारमा हामीले लिने नीतिहरू राजनीतिका रुपमा, राष्ट्रियताका रुपमा, राष्ट्रिय अखण्डताका रुपमा, राष्ट्रिय स्वाधिनताका रुपमा कहिँ दखल पर्ने काम हुँदैन भनेर प्रधानमन्त्रीज्यूले स्पष्ट पारिसक्नुभएको छ ।’

उनले कुनै बेला कोइलाबास नाका कुनै बेला छैठौँ नाका परेको भन्दै अहिले सो नाका नगन्य रुपमा रहेको बताइन् । उनले कोइलाबास नाका जिर्ण रहेको भन्दै नाका सञ्चालनमा ल्याउन आग्रह गरेकी छिन् ।

उनले पूर्ववर्ती रुपमा कोइलाबास नाका सञ्चालनमा ल्याउन आग्रह गरेकी छिन् ।

कांग्रेस सांसद देवकोटाले दाङमा ६ वटा सिमेन्ट उद्योग र त्यसमा सञ्चालन हुने टिप्परहरूले सडक भत्किएको बताइन् । उनले टिप्परहरू हिँड्ने सडकहरू अलग–अलग गराउन आग्रह गरेकी छिन् ।

दाङको घोराहीको चार लेनको सडक अस्तव्यस्त रहेको बताइन् । उनले घोराही–तुलसीपुर सडक भारतको ठेकेदार कम्पनीसँग सम्झौता गरेको समय समाप्त भएको बताइन् । उनले सो सडक छिटो निर्माण गर्न आग्रह गरेकी छिन् ।

कांग्रेस सांसद देवकोटाले घोराहीको दुन्द्रामा रहेको सिचाइँ आयोजनाको बजेट माग गर्दा पनि बजेटको व्यवस्था हुन नसकेको भन्दै चिन्ता जनाइन् । उनले सो नहरमा बजेट दिएर काम सुचारु गर्न आग्रह गरेकी छिन् ।

Published : Sunday, 2022 June 19, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया