अमरेशको सातो लिएका ठाकुर सर्लाही कांग्रेसको सदस्यमा मनोनीत

मलंगवा । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्यसमिति सदस्यमा युवा नेता विकाशकुमार ठाकुर मनोनीत भएका छन् ।

ठाकुरलाई जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले शुक्रबार मनोनीत गरेका हुन् ।

सर्लाहीमा कांग्रेसको उपस्थिति बलियो बनाउन ठाकुरले रणनीतिक तथा प्राविधिक रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

गुटबन्दी र अन्तर्घातमा फसेको कांग्रेसलाई एकताबद्ध बनाउने सशक्त नयाँ नयाँ नेतृत्व ल्याउन युवाको रुपमा नेता कार्यकर्तालाई खबरदारी गर्ने, परिवर्तनको आवश्यकता बोध गराउन सूचना तथा प्रविधिका माध्यमबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।

सशक्त नेतृत्वको बलमा कांग्रेसले सर्लाहीमा स्थानीय तह निर्वाचनमा इतिहासमै ऐतिहासिक बहुमत हासिल गरेको छ ।

स्थानीय चुनावमा पनि युवा नेता ठाकुरले अन्तर्घातबाट जोगाएर पार्टीका उम्मेदवार जिताउन सक्रिय भएका थिए ।

समग्रमा जिल्लामा कांग्रेसको सुधारका लागि भूमिका खेलेको भन्दै जिल्ला कार्यसमितिले युवा नेता ठाकुरलाई सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ ।

युवा नेता ठाकुर समाजसेवादेखि सञ्चार क्षेत्रमा पनि सक्रिय छन् । हिन्दुवादी युवा नेता ठाकुरले सनातन धर्मको रक्षाका लागि पनि भूमिका खेल्दै आएका छन् ।

कांग्रेसमा उनको आगमनलाई मधेसमा युवा पुस्ताको प्रतिनिधित्वको रुपमा पनि हेरिएको छ ।

सर्लाही कांग्रेसमा भाँडभैलो मच्चाउँदै आएका अमरेशकुमार सिंहविरुद्ध शसक्त रुपमा उभिएका ठाकुर सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

Published : Saturday, 2022 June 18, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया