आलेले फेरि दिउँसै रातपारे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि दुर्व्यवहार नगरेको भन्दै दिउँसै रात पारेका छन् ।

सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)मार्फत मन्त्री आलेले अधिकारीलाई कुनै पनि दुर्व्यवहार नगरेको दाबी गरेका हुन् ।

‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन’, आलेले भनेका छन् ।

आलेले कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात गर्नुका साथै अपशब्द बोलेर अपमान गरेका थिए । आलेले मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसिटिभी क्यामेरा हेर्न भनेका छन् ।

मन्त्री आलेको कार्यकक्षमा सिसिटिभी क्यामरा हुँदैन । उनको कार्यकक्षमा भएको कुरालाई होइन भनेर दिउँसै दुनियाँलाई झुक्काउन खोजेका छन् ।

आलेले आफ्ना कर्तुतहरू लुकाउन अधिकारीमाथि विभिन्न आक्षेपहरू लगाएका छन् ।

आले कुन हैसियतका व्यक्ति हुन सबैलाई जानकारी छ । आलेले निच शब्द बोलेर गालीगलौज गरेका अडियो र भिडियोहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् ।

आले अश्लील शब्द बोल्न माहिर मानिन्छ । उनले आफ्नो मन्त्री पदको पदीय मर्यादाको समेत ख्याल गर्न सकेका छैनन् ।

Published : Saturday, 2022 June 18, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया