एसपीपीले बबण्डर मच्चाइरहेका बेला प्रधानसेनापति शर्मा अमेरिका उडे

काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा बबण्डर भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिका भ्रमणमा प्रस्थान गरेका छन् ।

प्रधानसेनापति शर्मा शनिबार बिहान अमेरिका प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि १७ गतेसम्म ५ सदस्यीय भ्रमणदलका साथ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

उक्त भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मा लगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अमेरिकासँग एसपीपी सम्झौता गर्न जान लागेको भनेर नेपाली सेनाको आलोचना भएको थियो । प्रधानसेनापति शर्माले शुक्रबार संसदीय समितिको बैठकमा अमेरिकासँग आफूले कुनै पनि सहमति र सम्झौता नगर्ने जनाएका थिए ।

यसैबीच, नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गरी प्रधानसेनापति शर्मा लेवनान पनि जानेछन् ।

शर्मालगायतको भ्रमणदलले असार ४ देखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरू तैनाथ स्थानमा गएर निरीक्षण भ्रमण गर्नेछन् ।

Published : Saturday, 2022 June 18, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया