बागलुङमा जुत्ता उद्योगमा आगलागी, जोखिम लिएर सुरक्षाकर्मीद्वारा आगो नियन्त्रण
काठमाडौं । बागलुङको बागलुङ नगरपालिका– ४ उपलचौरमा जुत्ता चप्पल उद्योग र मोटर पार्टस पसलमा आगलागी हुँदा ४ जना घाइते भएका छन् ।
शुक्रबार बिहान शर्तमान श्रेष्ठको न्यू धवलागिरी जुत्ता चप्पल उद्योग र राजकुमार शर्माको स्नेहा मोटर पार्टस पसलमा आगलागी हुँद चार जना घाइते भएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी ईन्द्रबहादुर रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली, स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
आगलागीमा शुत्रुधन श्रेष्ठ, भगवती श्रेष्ठ, शिव श्रेष्ठ र दिप्सन श्रेष्ठ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरू डिस्चार्ज भएका छन् ।
आगलागीबाट अन्दाजी ६५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । विद्युत लाईन सर्ट भएर आगलागी भएको एसपी ज्ञवालीले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया