यी ९ एसपीहरूको एसएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं । गृह मन्त्रालय बढुवा समितिको सचिवालय सशस्त्र प्रहरी बल नेपालका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि उपरीक्षकहरूलाई सिफारिस गरेको छ ।
समितिले एसएसपीका लागि एसपीहरू दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, दीपक अधिकारीलाई सिफारस गरेको छ ।
कृष्ण ढकाल, मनीष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापालाई पनि एसपीबाट एसएसपीमा बढुवाका लागि सिफासर गरिएको सूचनामा उल्लेख छ ।
एसपीबाट एसएसपीमा बढुवाको पहिलो नम्बरमा दीपेन्द्र शाह परेका छन् । दोस्रो नम्बरमा सुरेशकुमार श्रेष्ठ र सबैभन्दा पुच्छारमा प्रकाश थापा छन् ।
बढुवा सिफारिसप्रति चित्त नबुझे वा कोही योग्य उम्मेदवारहरू भएमा ७ दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी दिन सूचनामा आग्रह गरिएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया