जलेश्वरमा बोक्सीको आरोपमा २ महिला कुटिए, दोषीहरूलाई कठोर सजाय दिने
जलेश्वर । महोत्तरी जिल्लामा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ धबौली बस्ने श्रीफल रामको छोरा ४५ वर्षीय भुलन राम चमार र रामु राम चमारकी श्रीमती २८ वर्षीया सोमनदेवी भन्ने सोमारी देवी रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका उनीहरूले स्थानीय ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरियादेवीलाई बोक्सीको आरोपमा कुटपिट गरेका थिए ।
जेठ २६ गते बिहान साढे १० बजे पीडितहरूको चुल्ठो समाती, हात, लात्ती र लाठी समेतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
कालोदेवी र दुलरियादेवीले रामु राम चमारको श्रीमती सोमनदेवी भन्ने सोमारी देवीलाई भुतप्रेत लगाएको भनी सोमनदेवी भन्ने सोमारी देवी समेतले बोक्सीको आरोप लगाई कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।
बोक्सीको आरोपमा कुटपिट गर्नेहरूविरुद्ध ज्यान मार्ने उद्योग समेतको कसूर अपराध गरेको हुँदा घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिने एसपी पंगेनीले जनाएका छन् ।
पीडितको तर्फबाट कालोदेवीका छोरा अमित महत्तो र दुलरियादेवीको नाती रामजीवन राम समेतले प्रहरीमा जाहेरी दरखास्त दिएपछि प्रहरीले आरोपीहरूलाई पक्राउ गरेर कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया