नेपालमा रहेका भारतीय नागरिकहरूले विवरण दर्ता गराउनुपर्ने
काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकले नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंमा आफ्नो विवरण दर्ता गराउनुपर्ने भएको छ ।
भारतीय दूतावासले सूचना जारी गरेर नेपालमा रहेका भारतीय नागरिकहरूलाई दर्ता हुन आग्रह गरेको हो । दर्ता भएका भारतीय नागरिकले मात्रै कूटनीतिक सुविधा पाउनेछन् ।
यसका लागि दूतावासको वेबसाइटमा गएर अनलाइन अपोइन्टमेन्ट बुक गर्न सकिने सूचनामा उल्लेख छ ।
दर्ताका लागि भारतीय नागरिक भएको प्रमाण पासपोर्ट वा भोटर आईडी कार्ड, जागिर, विद्यार्थी आदिका लागि सम्बन्धित संस्थाको पत्र, नेपालमा बस्दै आएको ठेगानाको प्रमाण र दुई थान पासपोर्ट साइजको फोटो अनिवार्य हुने दूतावासले जनाएको छ ।

Published : Wednesday, 2022 June 8, 8:39 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया