कांग्रेस नेता शाहद्वारा कृष्णनगरमा सुख्खा बन्दरगाह बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले कपिलवस्तुको कृष्णनगरमा सुख्खा बन्दरगाह बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शाहले सुख्खा बन्दरगाहको माग गरेका हुन् ।

‘कपिलवस्तुको कृष्णनगर सिधै बम्बईको मुन्द्रा पोर्टसँग जोडिन्छ । त्यहाँ सुख्खा बनदरगाह बनाउन हामीले प्रस्ताव गरेका थियौँ । सो प्रस्ताव पारित भएको छैन । नीति तथा कार्यक्रममा पनि परेको छैन’, उनले भने, ‘यदि त्यो प्रस्ताव पारित भएमा तेस्रो मुलुकमा निर्यात र आयातमा पनि सहयोग पुग्छ ।’

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत रहेका सांसद शाहले आयुर्वेदको प्रोत्साहन हुनुपर्ने पनि माग गरेका छन् । उनले कृषिको जगमा उद्योगधन्दाको विकास गरिनुपर्ने बताएका छन् ।

विदेशबाट बीउ एवम् मल ल्याउने कुराको शाहले विरोध गरेका छन् । ‘विदेशबाट बीउ एवम् मल ल्याउने जुन प्रस्ताव छ त्यसले त हामी आत्मनिर्भर नएर परनिर्भर हुन पुग्छौँ’, उनले भने, ‘त्यसैले नेपालमा त्यस्ता उद्योगलाई प्रोत्साहन गरिनुपर्छ ।’
उनले एक जिल्ला एक उत्पादनलाई प्रोत्साहन गर्न प्रस्ताव गरेका छन् ।

कांग्रेस नेता शाहले ४ वर्षदेखि नागरिकता विधेयक अड्किइरहेको भन्दै नीति तथा कार्यक्रममा यसलाई छिटो टुंगामो पु¥याउन कुरा सकारात्मकरहेको बताएका छन् ।

सांसद शाहले भारतमा ठूलो संख्यामा नेपाली श्रमिक रहेको भन्दै भारतबाट नेपालमा पैसा पठाउन नीतिगत असजता देखिएको बताएका छन् । उनले सोही असजताका कारण अवैधानिक हुण्डी कारोबार फस्टाइरहेको बताएका छन् । उनले भने, ‘अवैधानिक हुण्डीका कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको छ । यसलाई नियमित तथा सर गरिनुपर्ने आवश्यक्ता छ ।’

‘तुलनात्मक आयको स्रोत भनेकै युवाहरू हुन् । त्यसैले युवा पुस्ताको पलायन प्रवृत्तिलाई स्व–स्थानीय विकासका लागि रोकेर नेपालको राष्ट्रिय आयमा रेमिट्यान्सलाई आन्तरिक आयले विस्थापित गर्न सके मजबुत अर्थतन्त्र हन्छ’, उनले भनेका छन् ।

शाहले पर्यटनको विकासका लागि नयाँ एवम् रचनात्मक नीति अहिले पनि सरकारले नल्याएको भन्दै यो विषयमा ध्यान दिनुपर्ने बताएका छन । उनले हिमाली उच्च पहाडी क्षेत्रमा अन्तर्राष्ट्रिय सिटी बनाउन प्रस्ताव गरेका छन् । त्यसले गर्दा विदेशी लगानीकर्ता सँगसँगै पर्यटक पनि आकर्षित गर्ने सांसद शाहले बताएका छन् ।

उनले नेपालको बढ्दै ग एको ऋणको व्ययभार कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति रहेको बताएका छन् । पाँच वर्षको अवधिमा १५÷१६ प्रतिशत विन्दुले ऋणको भार बढ्नु गम्भीर विषय रहेको कांग्रेस नेता शाहले बताएका छन् ।

Published : Sunday, 2022 May 29, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया