स्वतन्त्र उम्मेदवारको जित दलप्रति विद्रोह हो : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले राजनीतिक दलहरूले सिण्डिकेट लादन खोज्दा बालेन र हर्कहरूको उदय भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा छलफलमा सहभागी हुँदै सांसद यादवले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारको विजयलाई चानचुने नठान्न आग्रह गरेका छन् ।

उनले भने, ‘३१ वर्षको ठिटोले काठमाडौं जितेको छ । धरानमा हर्क साम्पाङ अनि धनगढीमा जसरी गोपाल हमालले जितेका छन् । यो सामान्य विषय होइन ।’

‘हाम्रा पार्टीका नेताहरू दलप्रति जसरी अपारदर्शी ढंगले काम गरेका छन्’, यादवले भने, ‘जे गर्दा पनि मान्छन् भन्ने मानसिकता लिएका छन् । त्यसकै विद्रोह हो ।’

नेता यादवले दलप्रतिको अपारदर्शी र जनमतप्रतिको बर्खिलाप भएको विरूद्धको विद्रोहलाई नचेतेमा पार्टीलाई हानी गर्ने बताएका छन् ।

धरान, काठमाडौं र धनगढीमा भएको स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूले गम्भीर रुपमा लिनुपर्ने यादवले बताएका छन् ।

जसपाका नेता यादवले कृषि मलको आवश्यक्ता भइरहेको भन्दै अहिलेसम्म त्यसबारे सरकारले ध्यान नदिएको बताए ।

Published : Thursday, 2022 May 26, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया