यी चार मुलुकमा काउन्सेलर र श्रम सहचारीहरू पठाउन सिफारिस

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका मुलुकहरूमा श्रम सहचारी र काउन्सेलर पठाउन सिफारिस गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट बुधवार श्रम मन्त्रालयले साउदी अरेबियाको रियादको काउन्सेलरमा देवेन्द्र कार्कीलाई पठाउने निर्णय भएको स्रोतले जनाएको छ ।

संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुबेदी सिफारिसमा परेका छन् । बहराइनको श्रम सहचारीमा जमुना काफ्लेलाई पठाउने निर्णय भएको छ ।

मन्त्रालयले कतारका लागि कृष्ण पौडेलको नाम सिफारिस गरेको छ ।

Published : Thursday, 2022 May 26, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया